global ime bank Long Banner Ad

गृहपृष्ठ कवि, उपन्यासकार एवं चलचित्रकर्मी कार्कीको निधन

कवि, उपन्यासकार एवं चलचित्रकर्मी कार्कीको निधन

कवि, उपन्यासकार एवं चलचित्रकर्मी कार्कीको निधन

कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको ८४ वर्षका उमेरमा मृत्यु भएको हो ।

साहित्यकार मुरारी सिग्देलले भने, 'केही दिनअघि उनलाई गाह्रो भएर कोरोना परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो तर चार दिनअघि उनको मुटुमा समस्या भएर अस्पताल लाँदा आज स्वर्गारोहण भयो ।' १९९५ साल कात्तिक २२ गते स्यांजा आरुखर्कमा जन्मेका कार्कीले नेपाली, हिन्दी तथा अंग्रेजी र उर्दू भाषामा थुप्रै कृति प्रकाशन गरेको बताइएको छ । उनका ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’ ‘ढलेको गिलास’ र ‘कल्पना टुट चुकी है’, लगायत उपन्यास, ‘जुन निदाउन थाल्यो’ र ‘मायाप्रीतिको चोखो कथा’ गीतसंग्रह, ‘हत्केलाले सधैँ सूर्य छेकिँदैन’, मुक्तकसंग्रह, ‘हो देश मेरो पनि गजलसंग्रहलगायत कृति प्रकाशित छन् ।

कार्कीले ‘विश्वास’, ‘भुमरी’, ‘पहिलो प्रेम’ चलचित्र निर्देशन गरेका छन् । कार्कीका चर्चित गीतमा ‘तीजको रहर आयो बरी लै’, ‘कान्छी हे कान्छी’, ‘बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन’, ‘बुझ्नै सकिनौ आँखाको भाका मेरो’, ‘बहिनीको दया छ भने रोधी घर दाइ नाच्यो नभन’ आदि छन् । 

प्रकाशित समय : २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु