बिहीबार सुनको मूल्य ३ सय रूपैयाँ बढ्यो
वि.सं.२०७८ वैशाख २३ बिहीवार १७:००
shares

बुधबार घटेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ३ सय रूपैयाँ घटेको सुनको मूल्य बिहीबार ३ सय रूपैयाँ नै बढेको छ ।
बिहीबारको लागि छापावाल सुनको मूल्य तोलामा ९० हजार ६ सय रूपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९० हजार ३ सय रूपैयाँ कायम गरिएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार एक सय रूपैयाँ तोकिएको छ ।
बिहीबार चाँदीको मूल्य ५ रूपैयाँ घटेको छ । महासंघका अनुसार बुधबार तोलामा घटेर १ हजार ३ सय २० रूपैयाँ कायम गरिएको चाँदीको मूल्य बिहीबारको लागि एक हजार ३१५ रूपैयाँ तोकिएको छ ।

























