Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

रु रु जलविद्युतको आइपीओ बाँडफाँट भोलि

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

रु रु जलविद्युतको आइपीओ बाँडफाँट भोलि

रु रु जलविद्युतले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आइपीओ बाँडफाँट शुक्रबार बिहान साढे ८ बजे बाँडफाँट हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएकाे छ ।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा करिब १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको सेयरको ६१.६८ गुणा धेरै हो । यसअनुसार कम्पनीको आइपीओमा आवेदन दिने झण्डै ९८ प्रतिशत लगानीकर्ताको हात खाली हुने देखिएकाे छ ।

रु रु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताहरुलाइ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर मात्रै वितरण हुन लागेकाे हाे ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । स्थानीयवासी तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

सम्बन्धित खबरहरु