काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई द फर्न रेसिडेन्सी होटलमा १५ प्रतिशत छुट  

14.26K
shares

मुक्तिनाथ विकास बैंक लिमिटेले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन होटल द फर्न रेसिडेन्सीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले होटल चितवन प्रा.लिबाट सञ्चालित भरतपुरमा रहेको द फर्न रेसिडेन्सी होटलमा बसाई र खाना तथा परिकारहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिषा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।