काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

945
shares

ai logo सारांश

  • नबिल बैंकले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा गरेको बैंकको खुद नाफा यस वर्ष ४५ दशमलव ४४ प्रतिशत बढेको हो ।

बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँबाट घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ । यसैगरी खुद ब्याज आम्दानी ३ अर्ब ९० करोडबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बैंकले ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४ दशमलव ०६ प्रतिशत र प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा रहेको छ ।