काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री शाहलाई भेट्दै

1.34K
shares

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दैछन् । भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने बुझिएको छ ।

परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा दुई दिने भ्रमणका लागि मिश्री बुधबार काठमाडौँ आएका थिए ।

बुधबार उनले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, परराष्ट्र सचिव राईसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

भेटका क्रममा नेपाल–भारतबीचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल भएको बताइएको छ ।