काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार चलान

1.01K
shares

भैरहवा । रुपन्देहीमा गोली हानी हत्या गरेको घटनामा संलग्न भइ फरार दुई प्रतिवादी कारागार चलान भएका छन् । रुपन्देही जिल्ला अदालतको कार्तिक १८ गतेको आदेशले रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रल्हाद कुर्मी र सोही स्थानका ६० वर्षीय महेन्द्र प्रसाद कुर्मी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार २०६५ मंसिर ६ गते राती करिब १२ः३० बजे रुपन्देहीको साविक धकधई गा.वि.स–८, हाल रोहिणी गाउँपालिका–३, झुङ्गापरासीस्थित हुलाकी सडकखण्डमा गोली हानी एकजनाको हत्या गरिएको थियो ।

साविक छिपागढ गा.वि.स–६, हाल रोहिणी गाउँपालिका–४ बस्ने तत्कालीन ३२ वर्षीय चिनक राजभर भन्ने मुनिराम राजभरको पछाडिबाट गलबन्दीले हात बाँधी कन्चटमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । उक्त हत्यामा संलग्न रहेको आरोपमा दुवैजनालाई १८ वर्षपछि पक्राउ गरिएको हो । अनुसन्धानपश्चात उनीहरूलाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएको डीएसपी चन्दले जानकारी दिए । प्रहरीका अनुसार दुवै प्रतिवादीलाई गत असोज २१ गते पक्राउ गरिएको थियो ।