एनएमबी बैंकको ओम्नी च्यानल प्रयोग गरी पैसा पठाउँदा शुल्क नलाग्ने
वि.सं.२०७८ वैशाख २ बिहीवार २०:०३
shares

एनएमबी बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो । नयाँ वर्ष २०७८ लाई ग्राहकसँगै मनाउन बैंकले वैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नी च्यानलमार्फत अन्तरबैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
प्रत्येक महिनाको पहिलो हप्ता ग्राहकले विभिन्न प्रयोजनका लागि सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने हुन्छ । त्यसैले एनएमबी बैंकले आफ्ना ग्राहकलाई ओम्नी च्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ । बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरुसँग सहकार्य गदै लैजाने जनाएको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबी बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

























