प्रधानमन्त्री ओलीद्वारा ‘मेरो कित्ता’ सेवा शुभारम्भ
वि.सं.२०७८ वैशाख २ बिहीवार २०:००
shares
प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा 'मेरो कित्ता' सेवाको शुभारम्भ गरेका छन् । बिहीबार मीनभवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन् । अब घरजग्गाको नक्सा हेर्न मालपोत कार्यालय नै जानुपर्ने बाध्यता हटेकाे नापी विभागले जनाएको छ ।
सेवाकाे शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अब घरमै बसी-बसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने बताए । सेवा सुरु भएपछि जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापत शुल्क बुझाउन मालपोत कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । यसका लागि ‘मेरो कित्ता डट जीओभी डट एनपी’ सफ्टवेयर विकास भइसकेको विभागले जनाएको छ ।

























