काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल इन्भेष्टमेण्ट बैंकिङको बिजनेश क्लिनिक सञ्चालनमा

11.55K
shares

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेश क्लिनिक सञ्चालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने देखिएको छ ।

बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा हो । ग्राहकले नबिल इन्भेष्टमेण्टका लगानी विशेषज्ञहरुद्वारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनीकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्नसक्ने देखिन्छ । यस सेवाअन्तर्गत ईक्विटी परामर्श, लगानी व्यवस्थापनसम्बन्धी परामर्श, कर्जा तथा ऋणसम्बन्धी परामर्श, पूँजी संरचनासम्बन्धी परामर्श, दैनिक कार्य सञ्चालन तथा पूँजी व्यवस्थापनसम्बन्धी वित्तीय परामर्श, व्यापार पुन:संरचना/पुनर्गठनसम्बन्धी वित्तीय परामर्श लिन सक्नेछन् ।

त्यस्तै व्यापार/व्यावसाय विस्तारसम्बन्धी परामर्श, व्यापार सुरु गर्ने सम्बन्धी परामर्श, सम्पत्ति व्यवस्थापनसम्बन्धी परामर्श, पोर्टफोलियो संरचना निर्माणसम्बन्धी परामर्श, पोर्टफोलियो फेरबदल/पुन:संरचनासम्बन्धी परामर्श, सेयर खरिद/बिक्री गर्ने निर्णयसम्बन्धी परामर्श, निश्चित फिर्ती लगानीसम्बन्धी परामर्श, सम्पत्ति/धन व्यवस्थापनसम्बन्धी परामर्श, व्यापार रणनीतिसम्बन्धी परामर्श र बजारीकरण रणनीतिसम्बन्धी परामर्श सेवा लिन सकिने कम्पनीले जानकारी गराएको छ ।

यस्तो सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेष्टमेण्ट बैकिङले प्रदान गरेको पाइएको छैन । यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेण्ट बैंकिंङ पहिलो संस्था हुन सफल भएको छ । जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारी वा आफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि निकै नै सहयोगी सिद्ध हुने देखिन्छ । यस्तो सेवा सार्वजनिक बिदाको दिन र शुक्रबारबाहेक प्रत्येक दिनको ३ देखि दिनको ५ बजेसम्म सञ्चालनमा रहने छ । एकपटक यो सेवा लिन आउँदा १ हजारको टिकट काट्नु पर्नेछ । तर चैत्र महिनाको लागि यो शुल्क छुट गरिएको व्यहोरा कम्पनीले जनाएको छ ।