काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महोत्तरीबाट हराएका सातैजना बालिका तथा किशोरी भारतको सीतामढीमा भेटिए

12.62K
shares

महोत्तरीको भंगाहा नगरपालिका- ८, धर्मपुरबाट हराइरहेका सात बालिका/किशोरी भारतमा फेला परेका छन् । भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताएका छन् । उनकाअनुसार सबै बालिका/किशोरी सकुशल छन् ।

मंगलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका/किशोरी अपहरणमा परेको अनुमान थियो । धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान घाँस काट्न मंगलबार घरबाट निस्केका थिए ।

प्रहरी र अभिभावकहरू अहिले भारत गइरहेको उनले बताए । उनीहरूलाई किन भारत लगियो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरी प्रमुख सिंहले बताए ।