काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई दिनमा सुनको मूल्य ९ सय रूपैयाँ घट्यो

13.13K
shares

मंगलबार ५ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार ४ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य दुई दिनमा ९ सय रूपैयाँ घटेको हो ।

बुधबार छापावाल सुन तोलामा ८५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार रूपैयाँ कायम गरिएको थियो । आज तेजावी सुनको मूल्य तोलामा ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहको छ ।

त्यस्तै मंगलबार तोलामा १० रूपैयाँ घटेर १ हजार २ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।