Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

नयाँ वर्षलाई लक्षित गरी टीभीएसले ल्यायो 'वा, वाह्, वाह्‌ह्' ग्राहक योजना

न्युज कारोबार काठमाडौं चैत १०, २०७७       

नयाँ वर्षलाई लक्षित गरी टीभीएसले ल्यायो 'वा, वाह्, वाह्‌ह्' ग्राहक योजना

नेपालको लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टीभीएस 'वा, वाह्, वाह्‌ह्' ग्राहक योजना ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरूको साथमा सुरू भएको यो योजना वैशाख ३१ गतेसम्म चल्नेछ ।

यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटर खरिदमा १० हजारसम्म पक्का डिस्काउन्ट व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको 'वा' अफर रहेको छ । साथै, योजनालाई 'वा' बाट 'वाह्' बनाउन योजनाको समयावधिमा टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहारस्वरूप प्रदान गरिनेछ ।

यसका साथै योजनाको अन्त्यमा एकजना अति नै भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरुप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटोन सागा फेसबुक लाइभमार्फत प्राप्त गर्नेछन् । यो योजना देशका सबै टीभीएस शोरुममा लागू हुने जगदम्बा मोटर्सले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु