काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सडक दुर्घटनापछि तनावग्रस्त लम्कीबजार, प्रहरीले गोली चलाउँदा ७ जना घाइते

13.31K
shares

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीबाट टीकापुरतर्फ जाँदै गरेको ना. ६ ८८३३ नम्बरको बसको ठक्करबाट लम्कीचुहा नगरपालिका- १ की एक युवतीकाे मृत्यु भएपछि लम्कीबजार तनावग्रस्त बनेकाे छ । सडकमा हिँडिरहेकी २२ वर्षीया कमला देवकोटालाई बुधबार बिहान लम्कीबजारमा बसले ठक्कर दिँदा उनकाे मृत्यु भएकाे थियाे ।

स्थानीयवासीहरू घटनाकाे विराेधमा उत्रिएपछि प्रहरीले गोली चलाउँदा ७ जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि गोली चलाउनु परेकाे प्रहरीकाे भनाइ छ । प्रहरी ५ जना र प्रदर्शनकारी २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर हिक्मत थापाले जानकारी दिए । उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन् । स्थानीयले इलाका प्रहरी कार्यालय लम्की घेराउ गरेका थिए । उनीहरुलाई तितरबितर बनाउन हवाई फाइर गरेको इन्स्पेक्टर थापाको भनाइ छ ।

उनका अनुसार प्रहरीले  केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका- १ का ३१ वर्षीय पुष्प कँडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।