मंगलबार सुनको मूल्य ५ सय रूपैयाँ घट्यो
वि.सं.२०७७ चैत १० मंगलवार १७:१२
shares

सोमबार २ सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार ५ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाल सुन तोलामा ८६ हजार ७ सय रूपैयाँ कायम गरिएको छ । सोमबार छापावाल सुन तोलामा ८७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तेजावी सुन तोलामा ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ घटेर १ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।

























