काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक वर्षमै २८ लाखले लिए स्थायी लेखा नम्बर

18.08K
shares

पारिश्रमिक भुक्तानीलगायतमा अनिवार्य गरिएपछि स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ह्वात्तै बढेको छ । चालू आर्थिक वर्षको सात महिनामै ४ लाख ८८ हजार ४५४ जनाले प्यान नम्बर लिएका छन् । यससँगै देशभर प्यान नम्बर लिनेको संख्या ३८ लाख २५ हजार ९४६ पुगेको छ ।

व्यावसायिक प्यान नम्बर १५ लाख १८ हजार ९३३ जनाले लिएका छन् । चालू आवको सात महिनामा व्यावसायिक प्यान लिनेको संख्या १ लाख ५९ हजार ९९९ ले बढेको हो ।

त्यस्तै व्यक्तिगत प्यान माघसम्म २२ लाख ९९ हजार ३०९ जनाले लिएका छन् । चालू आवको माघसम्ममै थप ३ लाख २५ हजार ८५७ जनाले व्यक्तिगत प्यान लिएका छन् । करकट्टी गर्ने निकायले लिएको प्यान नम्बर संख्या ७ हजार ७०४ छ ।

आर्थिक वर्ष २०७६/७७ माघसम्मको तुलनामा स्थायी लेखा नम्बर लिनेको संख्या करिब चार गुणाले बढेको छ । आव २०७६/७७ मा १० लाख ३२ हजार ९६३ जनाले प्यान लिएकोमा चालू आवको माघसम्ममा २७ लाख ९२ हजारले बढेर ३८ लाख २५ हजार नाघेको हो ।

त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताको संख्या २ लाख ७८ हजार ६२४ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ७ हजार ८४५ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।