काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देशभरका ६९ जिल्लामा पुग्यो स्वास्थ्य बिमा कार्यक्रम

15.14K
shares

स्वास्थ्य बिमा बोर्डले देशभरका ६९ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । २०७७ फागुन १ गतेसम्ममा ६४ जिल्लामा स्थास्थ्य बिमा कार्यक्रम लागू भएकोमा २०७८ जेठ १ गतेदेखि लागू हुनेगरी पाँचथर, सिन्धुपाल्चोक, दाङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम थपिएका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रम नपुगेका जिल्ला अब आठवटा मात्र बाँकी रहेका छन् । ताप्लेजुङ, भोजपुर, दोलखा, सर्लाही, काठमाडौँ, ललितपुर, बारा र मुस्ताङमा कार्यक्रम नपुगेको बोर्डले जनाएको छ ।

बिमितले देशभरका ३६६ अस्पतालबाट बोर्डले दिने सेवा पाउने व्यवस्था छ । बोर्डका अनुसार हालसम्म ६९ जिल्लाका ३७ लाख २१ हजार ४६६ जनाको बिमा भएको छ ।