बुधबार ९४ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जना डिस्चार्ज
वि.सं.२०७७ चैत ४ बुधवार २२:४४
shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ। बुधबार ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।
हाल देशभर ९५४ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४९ जना क्वारेन्टिनमा छन् । बुधबार २ हजार ७ सय ८१ जनामा पीसीआर परीक्षण भएको छ ।

























