ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी नहुने
वि.सं.२०७७ चैत ४ बुधवार २२:१८
shares

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारका लागि बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भाग नलिने भएको छ । गत फागुन २८ गतेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ ।
मंगलबार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने जानकारी गराएका हुन् । ओलीले बिहीबार बिहान ११ः०० बजे बालुवाटारमा पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

























