काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दोस्रो चरणको कोरोना खोप अभियान स्थगित

13.04K
shares

सरकारले दोस्रो चरणको कोरोना खोप अभियान स्थगित गरेको छ । खोप अभाव भएपछि मन्त्रालयले अभियान स्थगित गरेको हो । ६५ वर्षमाथिका लागि खोप अभियान २३ फागनुदेखि चैत ३ गतेसम्म चलेको थियो । ५५ वर्षदेखि ६४ वर्षका नागरिकलाई तत्काल खोप नलगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार थप खोप आएपछि अभियान सुरु गरिने छ ।

पहिलो चरणमा कोरोनाविरुद्ध खोप लगाएकालाई दोस्रो मात्रा ७ देखि ११ वैशाखसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ माघदेखि २० फागुनसम्म पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पहिलो चरणको खोप अभियानमा ४ लाख ३० हजारलाई खोप लगाइएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोरा मैलामा काम गर्ने कर्मचारी, शववाहन चालक, पत्रकारलगायतलाई लगाइएको थियो ।

नेपालमा अहिलेसम्म २३ लाख ४८ हजार डोज खोप आइसेकेको छ । अब पहिलो चरणमा लगाएकालाई दोस्रो मात्रा दिनको लागि पुग्ने खोप छ । सरकारले २० लाख डोज खोप खरिद गरे पनि १० लाख डोज खोप आएको छैन । कोभ्याक्स कार्यक्रमबाट आउने खोप पनि ३ लाख ४८ हजार मात्र आएको छ । अहिलेसम्म १६ लाख ४४ हजार ८ सय ५८ जनलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।