इन्भेष्टमेन्ट बैंकको ‘पैसा पठाउने’ एप, कम शूल्कमै भारतबाट नेपाल पैसा पठाउन सकिने
वि.सं.२०७७ फागुन २७ बिहीवार ००:०२
shares

नेपाल इन्भेष्टमेन्ट बैंकले 'पैसा पठाउने' एप सञ्चालनमा ल्याएको छ । भारतमा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले यो एप सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार भारतमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन चाैबिसै घण्टा यो एप आफ्नो मोबाइलमा प्रयाेग गर्न सक्नेछन् ।
यो एपमार्फत छिटो, सुरक्षित र कम सेवा शूल्कमा पैसा पठाउन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार 'पैसा पठाउने' एप प्रयोगकर्ताले यसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक एकाउन्टबाट सजिलै नेपालमा रकम ट्रान्सफर गर्न सक्नेछन् । यो एपमार्फत एक पटकमा ८० हजार रुपैयाँ (५० हजार भारु) वर्षमा १२ पटक पैसा पठाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

























