चितुवाको छालासहित २ जना पक्राउ
वि.सं.२०७७ फागुन २६ बुधवार २३:२९
shares

काठमाडौं महानगरपालिका- २, लाजिम्पाट उत्तरढोकाबाट १ थान चितुवाको छालासहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका- १, लैनचौर बस्ने मोरङ डाँगीहाट गाउँपालिका- ३, माझी गाउँ स्थायी ठेगाना भएका २८ वर्षीय माईला भन्ने रञ्जित माझी र काठमाडौं मनमैजु बस्ने बागलुङ निशि खोला गाउँपालिका- ३, जिवाखोला स्थायी ठेगाना भएका २२ वर्षीय सन्तोष बुढामगर रहेका छन् ।
चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा किनबेच भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छालासहित पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हात्तिसार पठाइएको उक्त महाशाखाले जनाएको छ ।

























