बुधबार १०४ जनामा कोरोना संक्रमण पुष्टि, ६३ जना डिस्चार्ज
वि.सं.२०७७ फागुन २६ बुधवार २२:११
shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ९११ रहेको छ । जसमध्ये ५५ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार बुधबार ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट कसैको ज्यान गएको छैन । नेपालमा कोरोनाबाट ३ हजार १२ जनाले ज्यान गुमाइसकेका छन् । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा हालसम्म २२ लाख ३ हजार ४३८ जनामा पीसीआर परीक्षण गरिएको छ ।

























