काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रचण्ड र जसपाका नेताहरुबीच पेरिसडाँडामा छलफल जारी, होला त सत्ता सहकार्य ?

15.02K
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिएका छन् ।

मंगलबार र बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सत्ता सहकार्यका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रचण्डले जसपाका नेताहरुसँग छलफल अगाडि बढाएका हुन् । प्रचण्डले मंगलबार कांग्रेस सभापति शेर बहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका थिए ।

सर्वोच्च अदालतले नकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समीकरणको प्रयास अगाडि बढेको छ । माओवादी केन्द्रले सरकार गठन गर्न नेपाली कांग्रेस र जसपाको साथ अनिवार्य लिनुपर्ने हुन्छ । उता प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि जसपाका नेताहरुसँग छलफल गरेका थिए । एमाले र जसपा दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन भइसकेको छ ।

यद्यपि, कुन-कुन दलबीच सत्ता सहकार्य हुन्छ भन्नेमा अझै यकिन भइसकेको छैन । दोस्रो ठूलो दल नेपाली कांग्रेसले ठोस निर्णय नगरेकाले पनि सत्ता समीकरण स्पष्ट हुन नसकेको हो ।