काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तीन अंकले नेप्से घट्दा झिनो अंकले बढ्यो सेन्सेटिभ इन्डेक्स

12.71K
shares

बुधबार सेयर बजार परिसूचक नेप्से ३ अंकले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स झिनो अंकले उकालो लागेको छ । आज सेयर बजार ३.४० अंकले घटेर २४५८.४८ अंकमा पुगेको हो ।

बुधबार तीन कम्पनी सकारात्मक सर्किटको लेभलमा कारोबार भएका छन् । चन्द्रागिरी हिल्स (९.९९ प्रतिशत), घलेम्दी हाइड्रो (९.९२ प्रतिशत) र नेपाल हाइड्रो डेभलपर (९.५५ प्रतिशत) मा कारोबार भएको हो । त्यस्तै चौथो नम्बरमा नेपाल इन्फ्याक्चर एन्ड डेभ्लपमेन्ट बैंकका लगानीकर्ताले ८.८५ प्रतिशत बढी कमाएका छन् ।

त्यस्तै आज सबैभन्दा बढी राइरिङ हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । राइरिङ हाइड्रोपावर कम्पनी आज ६.६० प्रतिशत माइनसमा गएको हो । त्यस्तै महिला लघुवित्त वित्तिय संंस्था लिमिटेडले ४.१५ प्रतिशत र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ४ प्रतिशत गुमाएका हुन् ।

बुधबार केही सब–इन्डेक्सहरु उकालो लागेका छन् भने केही समूहहरुले भने निकै गुमाएका छन् । व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त, उत्पादनमुलक र अन्य समूहका लगानीकर्ताले झिनो कमाउँदा बैंक, विकास बैंक, निर्जीवन बिमा, लघुवित्त, जीवन बिमा र म्याचुअल फन्टका लगानीकर्ताले एक प्रतिशतसम्म गुमाएका हुन् ।

बुधबार २०५ कम्पनीको ७८ लाख १६ हजार कित्ता ४ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स आज झिनो अंकले उकालो लागेको छ । आज ०.०२ अंकले बढेर ४४५.२३ अंकमा पुगेको हो ।