काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महालक्ष्मी विकास बैँकको सञ्चालक समितिद्वारा ९.२६ प्रतिशत लाभांश प्रस्ताव

17.49K
shares

महालक्ष्मी विकास बैँकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८० का दरले बोनस सेयर तथा ०.४६ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६/७७ को वासलात नेपाल राष्ट्र बैँकबाट स्वीकृत प्राप्त भएपछि बिहीबार बसेको सञ्चालक समितिको ४७८औँ बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कोभिड- १९ को महामारीलाई ध्यानमा राख्दै बैँकको साधारण सभा गत चैत्र १३ गते भर्चुअल माध्यमबाट गर्नको लागि सूचनासमेत प्रकाशित भइसकेको छ । साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई बोनस सेयर वितरण गरिने बैँकले जनाएको छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०३ वटा शाखा सञ्जाल रहेको, तथा ३४ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैँकको ५ लाखभन्दा बढी ग्राहक संख्या रहेको छ ।