गृहपृष्ठ हाउजेको सातौँ शोरुम चाबहिलमा विस्तार 

हाउजेको सातौँ शोरुम चाबहिलमा विस्तार 

हाउजेको सातौँ शोरुम चाबहिलमा विस्तार 

चाबाहिलस्थित होटल हायातको अगाडि बाइक पस प्राइभेट लिमिटेड नामक हाउजेको सातौँ सोरुम सञ्चालनमा आएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच शोरुम उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विशेष छुटका साथ खरिद गर्ने ५ जना ग्राहकलाई हाउजे बाइकको चाबी पनि हस्तान्तरण गरिएको छ । शोरुमका सञ्चालक मिनराज शाक्यले हाउजेको शोरुमबाट बिक्रीपछि पनि सेवा गर्ने बताए । उनले भने, ‘ग्राहक हाम्रो लागि भगवान् हुन्, हाम्रो बाइक चढेर हामीलाई सेवा दिनुहोस् ।’

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर विस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउज ब्राण्डलाई बिक्री बितरण गरिरहेको छ । कम्पनीले केही दिनमै नेपालका सबै मुख्य सहरदेखि गाउँसम्म हाउजेको शोरुम सर्भिस सेन्टर र पार्टस सहितको शाखाहरु विस्तार गर्ने लक्ष्य लिएको छ । 

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दाबी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने प्र्रिm सर्भिस ६ पटकसम्म उपलब्ध छ । साथै यसको पार्टससमेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कम्पनीले दाबी गरेको छ ।

कमलपोखरीको कृष्ण पाउरोटीको दिशामा हाउजेको शोरुम उपलब्ध छ । त्यसैगरी काठमाडौँ उपत्यकाको टेकु र नयाँ बजारमा पनि हाउजेको शोरुम रहेको छ । उपत्यका बाहिर चितवन, हेटौँडा र संखुवासभामा पनि शोरुम उपलब्ध छन् ।

प्रकाशित समय : २२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु