काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बंगलादेशी ब्राण्ड सिम्फोनीका मोबाइल फोनहरु नेपाली बजारमा

15.71K
shares

बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी (Symphony) नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो ।

सिम्फोनी ब्राण्डका ३ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी जेड १८, सिम्फोनी जेड २८ र सिम्फोनी जेड ३० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा उपयुक्त विशेषताहरु सहितका रहेका छन् ।

यी फोनहरु बजेट मूल्यमा उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ । कम्पनीले सार्वजनिक गरेको सिम्फोनी जेड ३० प्रो स्मार्टफोनमा प्रिमियम फिचरहरु रहेका छन् । जसमा ६.५२ इन्चको एचडी प्लस नोच डिजाइनको डिस्प्ले रहेको छ । फोनमा मिडियाटेक अक्टाकोर १.८ गीगाहर्जको प्रोसेसरका साथमा ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज अप्सन राखिएको छ, यसको स्टोरेज बढाएर १२८ जीबीसम्म पुर्‍याउन सकिन्छ ।

फोटोग्राफीका लागि फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामराका साथमा ५ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनलाई पावर दिन शक्तिशाली ५,००० एमएएचको ब्याट्री रहेको छ जसले ४५० घण्टाको स्ट्याण्डबाई टाइम र ३२ घण्टासम्मको निरन्तर टकटाइम दिन्छ ।

त्यसैगरि सिम्फोनी जेड २८ स्मार्टफोनमा ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गीगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा तथा पावरका लागि ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ । यो स्मार्टफोन ३जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध रहेको छ ।
अर्को स्मार्टफोन सिम्फोनी जेड १८ मा भने ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गीगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेलको डुअल क्यामरा सेटअप तथा पावरका लागि ५,००० एमएएचको ब्याट्री प्याक रहेको छ । यो स्मार्टफोन २ जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध रहेको छ ।
सिम्फोनीका सबै स्मार्टफोनहरु लेटेस्ट एन्ड्रोयड १० अपरेटिङ सिस्टममा आधारित रहेका छन भने यी स्मार्टफोनहरु बजेट मूल्यमा उपलब्ध रहेका छन् । सिम्फोनका सबै फोनहरुको डिस्प्लेमा वारेन्टी प्रदान गरिएको छ ।

कम्पनीका सेल्स म्यानेजर/मार्केटिङ म्यानेजरद्वय राजेश चालिसे र गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराईने बताए । ‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्राण्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्राण्डका फोनहरुमा प्रिमियम फिचर राखिएको छ भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरु अविश्वनिय मूल्यमा उपलब्ध गराउने छौं,’ सेल्स म्यानेजर/मार्केटिङ म्यानेजरद्वय चालिसे तथा बस्यालले भने ।

उनीहरुले सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पुर्ण सेवा दिन तयार रहेको बताए । कम्पनीले नेपालभरी सिम्फोनीका मोबाइल फोनहरु आईतवारदेखि नै उपलब्ध गराएको छ भने ग्राहकहरुले आजैदेखि नजिकको मोबाइल पसलहरुबाट सिम्फोनी ब्राण्डका फोनहरु खरिद गर्न सक्नेछन् । त्यसैगरि सिम्फोनीका बजेट मूल्यका उच्चगुणस्तरीय फोनहरु ईकमर्श दराज डटकममा पनि उपलब्ध रहेका छन् ।

हाल सार्वजनिक गरिएको सिम्फोनी जेड ३० प्रोको बजार मूल्य रु. १६,४९९।-, सिम्फोनी जेड २८ को बजार मूल्य रु.१३,४९९।- र सिम्फोनी जेड १८ को बजार मूल्य रु ११,९९९।- तोकिएको छ । आगामी दिनमा सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारीसमेत भइरहेको कम्पनीले जनाएको छ ।