global ime bank Long Banner Ad

गृहपृष्ठ सेयर बजारमा ‘बिग करेक्सन’, अब के हुन्छ ?

सेयर बजारमा ‘बिग करेक्सन’, अब के हुन्छ ?

सेयर बजारमा ‘बिग करेक्सन’, अब के हुन्छ ?

सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन इतबार करिब ८० अंकले घटेको छ । गत साताभरमा ८२ अंकले घटेको बजार यो साताको पहिलो दिनमै ७९.७४ अंकले घटेपछि बजार परिसूचक २४७४.३९ अंकमा झरेको छ ।

इतबार नेप्सेमा सूचीकृत होटल एन्ड टुरिजमबाहेकका सबै समूह रालो लागेका छन् । कतिपयले यो गिरावटला 'बिग करेक्सन' भनेका छन् । बजारको धारभूत विश्लेषण गर्नेहरूले नेप्से २३०० सम्म झर्नसक्ने अनुमान गरेका छन् ।

यसै वर्षको असार मध्यताका बजार ११७८ अंक हाराहारी थियो । त्यसयता लगातार बढ्न थालेको बजारले फागुन पहिलो साता २६०० अंक पार गरिसकेको छ । यसबीचमा बजारमा सामान्यमात्र करेक्सन यो । लामो समयपछि बजार सन्तुलनमा जान लागेकाले ठूलो करेक्सन उनसक्ने विश्लेषकहरू बताउँछन् ।

तर, ब्याजदर न्यून रहेकाले बजार बियरिस बन्ने संकेत देखिएको छैन । ब्याजदर र पुँजीबजारमा गरिएको प्राविधिक उन्नतिको प्रभावले बजार बढेकाले तत्काल बियरिस जाने सम्भावना नै नभएको उनीहरूको अनुमान छ ।

नेप्सेमा इतबार २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ८ अर्ब ३५ करोड ५२ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । कारोबार रकम उच्च रहनुले पनि बजारको अवस्था बलियो रहेको संकेत गरेको छ ।

बजार करेक्सनको मका पारेर कतिपय लगानीकर्ता ठूलो मात्रामा सेयर उठाउने तयारीमा छन् । 'बजार २३०० सम्म झर्नसक्छ भन्ने कुरा एको छ,' नाम नबताउने सर्तमा एक लगानीकर्ताले भने, 'त्यही मकामा उठाउनुपर्ला भनेर हेरिरा'छु ।' बजार २६०० भएको समयमा नाफा बुक गरेका लगानीकर्ताले २४०० हाराहारीबाटै उठाउन थाले भने बजार बढ्ने र अवसर फुत्किनेतर्फ पनि उनी सजग देखिए । ब्याजदर निकै सस्तो भएकाले सेयर बजारको बुलिस यात्रा कायमै रहने उनको बुझाइ छ ।

इतबार बजारमा भारी गिरावट उँदा पनि चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरिको सेयर मूल्य ३७ रुपैयाँ बढेर ४१४ रुपैयाँ प्रतिकित्ता पुगेको हो ।

चुक्ता पुँजी बढाउन ३० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको शिखर इन्स्योरेन्सको इतबार सर्वाधिक १ अर्बभन्दा बढीको कारोबार भएको छ । कम्पनीले चैत ९ गतेका लागि साधारण सभा बोलाएको छ । त्यस्तै निफ्राको ६३ करोड ४९ लाख र ग्लोबल आईएमको ३४ करोडको सेयर किनबेच भयो ।

यो पनि पढ्नुहोस्

नेप्सेको खर्बपति क्लबमा ८ कम्पनी, टेलिकम २ खर्बनजिक

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु