global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौँमा नेपाल-बंगलादेश युवा सम्मेलन सुरु

काठमाडौँमा नेपाल-बंगलादेश युवा सम्मेलन सुरु

काठमाडौँमा नेपाल-बंगलादेश युवा सम्मेलन सुरु

चौथो ‘नेपाल–बंगलादेश युवा सम्मेलन’ आजदेखि काठमाडौँमा सुरु भएको छ । कोभिड- १९ का कारण प्रभावित हुँदै आएको सम्मेलन रोगको संक्रमण घटेसँगै आयोजना गरिएको कार्यक्रम संयोजक अभिनव चौधरीले जानकारी दिए । दुईदिने सम्मेलनको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उद्घाटन गरिन् ।

उक्त समारोहमा मन्त्री तुम्बाहाङ्फेले यसरी दुई मुलुकका युवाबीच अनुभव आदान–प्रदान हुँदा आपसी सम्बन्ध विस्तार, संस्कृति हस्तान्तरण र विकास साझेदारमा टेवा पुग्ने बताइन् । आर्थिक समृद्धि र विकासका निम्ति युवाको भूमिका अहम हुने र त्यस्ता अनुभवी युवाले मुलुकको प्रतिनिधित्वसमेत गर्न सक्ने भएकाले पनि विश्वको अनुभव युवाले सिक्नु जरुरी रहेको उनले औँल्याइन् ।

मुलुकलाई प्रगतिउन्मुख गराउन यस्ताखाले कार्यक्रमले टेवा पुग्ने हुँदा कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उनको जोड थियो । उनले नेपालको संविधान र कानूनमा नै युवाको भूमिकालाई व्यवस्थित गरिएको र युवालाई अघि बढाउन छुट्टै मन्त्रालयसमेत गठन गरिएको जानकारी दिइन् । उनले देश–देशबीच व्यापारिक सम्बन्ध गाँस्न पनि युवाको भूमिका ठूलो हुने बताइन् । 

उक्त समारोहमा नेपालस्थित बंगलादेशी राजदूत सलाहउद्दिन नोमन चौधरीले यस्ता खाले कार्यक्रममार्फत युवाबीच अनुभव साटासाट हुँदा दुवै देशको व्यापार विस्तार र समग्र विकासमा नै टेवा पुग्ने बताए । दिगो विकास लक्ष्य, जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मेलन केन्द्रित रहेको कार्यक्रम संयोजक चौधरीले जानकारी दिए । उनले कोभिड–१९ को प्रभाव शून्य रहेको सन्देश प्रवाह गर्न कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । विश्वका युवाबीच अनुभव आदान–प्रदान हुँदा सम्बन्धित राष्ट्रको विकासमा उनीहरूले ठूलो भूमिका खेल्नसक्ने बताए । 

प्रकाशित समय : ००:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु