काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘युथ म्युजिक कन्टेस्ट २०२१’ को प्रायोजक सिभिल बैँक

11.15K
shares

दया फाउन्डेसनले आयोजना गरेको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ नामक सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रमको मुख्य प्रायोजन सिभिल बैँकले गर्ने भएको छ । ‘युथ म्युजिक कन्टेस्ट’ युवालाई लक्षित गर्दै ल्याइएको प्रतिस्पर्धात्मक कार्यक्रम हो ।

प्रतियोगितामा प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रममा १५ वर्षदेखि २८ वर्षसम्मका युवा सहभागी हुन पाउनेछन् ।

इच्छुक प्रतियोगीले मोबाइल एप्लिकेसनहरु स्टारमेकर, स्म्युल अथवा आफैँले वा समूहमा वाद्ययन्त्र बजाएर गाइएको गीत (अधिकतम लम्बाइ ५ मिनेटसम्मको) ‘युथ म्युजिक कन्टेस्ट २०२१’ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्नेछन् । यद्दपि, नेपालको विभिन्न मौलिक भाषामा गाइएका गीतलाई प्राथमिकता दिइने फाउन्डेसनले जनाएको छ ।

पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिखसम्म गर्नुपर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापनपश्चात जनवरी १५ तारिखमा २१ प्रतिस्पर्धीको छनौट गरिनेछ । ती २१ प्रातिस्पर्धीले दोस्रो चरणको गीत जनवरी १८ तारिखसम्म अपलोड गरिसक्नुपर्नेछ ।

अन्तिम चरणमा ‘युथ म्युजिक कन्टेस्ट २०२१’ का विजेताको घोषणा ७० प्रतिशत ‘युथ म्युजिक कन्टेस्ट २०२१’ को फेसबुक ग्रुपमार्फत प्राप्त लाइकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिने आयोजकले जनाएको छ ।