काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिटिजन्स बैँकले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई १० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने

17.22K
shares

सिटिजन्स बैँकले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ । बैँकले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत ब्याजदरमा कर्जा दिने भएको हो ।

बिहीबार बैँक र रिटर्नी माइग्रेन्ट नेपालबीच युवा परियोजना कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका साथ सम्झौता गरेको बैँकले जनाएको छ ।