गृहपृष्ठ ३ हजार ९४४ पीसीआर परीक्षण गर्दा थप ११२ जनामा कोरोना पुष्टि, ५४ जना डिस्चार्ज
३ हजार ९४४ पीसीआर परीक्षण गर्दा थप ११२ जनामा कोरोना पुष्टि, ५४ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ४४ जनामा पीसीआर परीक्षण गर्दा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला ४४ र पुरूष ६८ जना छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९३६ जना छन् । जसमध्ये ९३६ जना आइसोलेसनमा र ६२ जना क्वारेन्टिनमा छन् ।
शुक्रबार ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ ।शुक्रबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।
प्रकाशित समय : २२:३६ बजे



















