global ime bank Long Banner Ad

गृहपृष्ठ फार्मेसी अधिकृत २ लाख घुस रकमसहित पक्राउ

फार्मेसी अधिकृत २ लाख घुस रकमसहित पक्राउ

फार्मेसी अधिकृत २ लाख घुस रकमसहित पक्राउ

औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदी घुस रकमसहित पक्राउ परेका छन् । उनलाई २ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनको लागि सेवाग्राहीबाट अतिरिक्त रकम माग गरिरहेको सूचनाको आधारमा अख्तियारले सुवेदीलाई बिहीबार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु