global ime bank Long Banner Ad

गृहपृष्ठ सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो ।

पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ । अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गरेका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्ध इस्लामिक स्टेट्स (आइएस) र अल कायदा जस्ता आतंककारी समूहहरु हाबी हुदै गएका थिए । यीनै आतंककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थिए ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु