global ime bank Long Banner Ad

गृहपृष्ठ थप ८० जनालाई कोरोना पुष्टि, १२१ जना संक्रमित डिस्चार्ज

थप ८० जनालाई कोरोना पुष्टि, १२१ जना संक्रमित डिस्चार्ज

थप ८० जनालाई कोरोना पुष्टि, १२१ जना संक्रमित डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आइतबार थप १२१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ । हाल देशभर १ हजार ४ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ ।

प्रकाशित समय : २३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु