न्युज कारोबार
काठमाडौं
फागुन ९, २०७७
गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौं क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेबापत क्लब स्किमअन्तर्गत सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई गाडी प्रदान गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाल ल्युब आयल लिमिटेडका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसूदन सिग्देलले बुढाथोकीलाई गाडी हस्तान्तरण गरे । बुढाथोकीले विगत ४ वर्षदेखि नेपाल ल्युब आयलको काठमाडौं क्षेत्रको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिअन्तर्गत गल्फ लुब्रिकेन्ट बिक्री–वितरण गर्दै आएका छन् ।
गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्ने र अर्को आर्थिक वर्षमा समेत धेरै बिक्री गर्न प्रतिवद्धता व्यक्त गर्ने बिक्रेताहरुलाई नेपाल ल्युब आयल लिमिटेडले क्लब स्किमअन्तर्गत सुजुकी गाडी हस्तान्तरण गर्ने गरेको छ । एभ ट्रेडिङले विगत ८ वर्षदेखि नै काठमाडौं क्षेत्रमा नेपाल ल्युब आयल लिमिटेडअन्तर्गत गल्फ लुब्रिकेन्टको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले ३४ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ ।
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६