काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु

17.41K
shares

पोखरा- आजदेखि पोखरामा चार दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु भएको छ नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा गरिएको महोत्सव पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा विभिन्न ३० देशका ५० वटा चलचित्र प्रदर्शन गर्न लागिएको हो । प्रदर्शन गराउनका विश्वका विभिन्न देशबाट तीन सय चलचित्र प्राप्त र त्यसमध्ये ५० वटा चलचित्रलाई प्रदर्शनका लागि छनोट गरिएको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमिका अध्यक्ष केबी पाठकले जानकारी दिए । समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले चलचित्रले समाजको चित्रण गर्ने बताए । चलचित्रको छायांकनका लागि पोखरा अत्यन्त उर्वरभूमि भएको बताउदै उहाँले निर्माता तथा कलाकारको रोजाइमा यो ठाउँ पर्ने गरेको उल्लेख गरे। पोखरामा चलचित्रको छायांकन तथा विकास २०१३ सालयता भएको बताउदै उहाँले भारतीय कलाकार देव आनन्द जस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारले पोखरामा चलचित्रको छायांकन गरेको स्मरण गराए । प्रदेशसभा सदस्य कृष्ण थापाले प्रकृतिमा मनोरमस्थल पोखरामा रहेको र यहाँ चलचित्रको विकासको पर्याप्त सम्भावना रहेको बताए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले चलचित्र जीवन जगतको चित्रण गर्ने महत्वपूर्ण माध्यम भए पनि यो क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । महोत्सवका निर्देशक मनोज पण्डितले चलचित्र समाज, शिक्षा र राजनीति सबै भएको बताउँदै यसको विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।