गृहपृष्ठ प्रधानमन्त्री देउवासँग विदेशमन्त्री स्वराजको भेट
प्रधानमन्त्री देउवासँग विदेशमन्त्री स्वराजको भेट
काठमाडौ – भारतका विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।
मैत्रिपूर्ण भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध आगामी दिनमा अझ सुदृढ र प्रगाढ हुने विश्वास प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरे ।
स्वराजले नेपालले नयाँ संविधानअनुसार स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै यसले नेपालमा लोकतन्त्र संस्थागत होस् भनी शुभकामना दिएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए ।
दुईदिने नेपाल भ्रमणका आएकी विदेशमन्त्री स्वराज आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे उहाँले बिहीबार नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसँग भेटवार्ता गरेका थिए ।
विदेशमन्त्री स्वराजसँग बिहीबार राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु र आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरे । उहाँ आजै स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित समय : १६:१६ बजे