global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वार्षिक तीन सय प्रतिशतसम्म नाफा बढ्ने एशिएन लाइफको प्रक्षेपण

वार्षिक तीन सय प्रतिशतसम्म नाफा बढ्ने एशिएन लाइफको प्रक्षेपण

वार्षिक तीन सय प्रतिशतसम्म नाफा बढ्ने एशिएन लाइफको प्रक्षेपण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा ३ सय प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ । २०६४ चैत २१ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले आउदो आर्थिक वर्ष ०७६/०७७ मा नाफा झण्डै ३ सय प्रतिशत बढाएर २६ करोड ६२ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।
गत आर्थिक वर्षमा एशियनले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ३ वर्षमा कम्पनीले नाफा झण्डै १६ करोड रुपैयाँ बढाउने प्रक्षेपण गरेको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको सूचनामा एसियनले चालु आर्थिक वर्षमा नाफा बढाएर १४ करोड ११ लाख, आगामी वर्ष २१ करोड रुपैयाँ नाफा हुने उल्लेख गरेको छ ।
यस्तै ३ वर्षमा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६९ पैसा पुग्ने प्रक्षेपण गरेको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २५ पैसा थियो । चालु आर्थिक वर्षमा घटेर ७ रुपैयाँ ७९ पैसा र आगामी आवमा ११ रुपैयाँ ५९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षपछि कम्पनीको कुल आम्दानी बढेर ३९ करोड २२ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा कम्पनीले १६ करोड २९ लाख, चालु आवमा २२ करोड ३७ लाख र आगामी आवमा बढेर ३० करोड ८५ लाख रुपैयाँ पुग्ने एसियनले जनाएको छ ।
यस्तै ३ वर्षमा एशियनले जीवन बीमा शुल्क संकलन दोब्बर बनाएर ४ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुर्याउने भएको छ । चालु आवमा २ अर्ब ८७ करोड १० लाख र आगामी वर्ष ३ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । समीक्षा अवधिमा जगेडा कोषमा रहने रकम १४ करोड २४ लाख रुपैयाँ हुनेछ । एशियनले फागुन १३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन बन्द चैत १८ गते हुनेछ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्ता पुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु