global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल औपचारीकरुपमा संघीयतामा प्रवेश, सातवटै प्रदेशले पाए मुख्यमन्त्री

नेपाल औपचारीकरुपमा संघीयतामा प्रवेश, सातवटै प्रदेशले पाए मुख्यमन्त्री

नेपाल औपचारीकरुपमा संघीयतामा प्रवेश, सातवटै प्रदेशले पाए मुख्यमन्त्री

काठमाडौं । स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव भएपछि नेपाल औपचारीक रुपमा संघीयतामा प्रवेश गरेको छ र नेपालका सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाइसकेको छ । नेपालको संविधानले नेपाललाई सात वटा प्रदेशमा विभाजन गरेको छ ।
गाउँगाउँमा सिंहदरवारको अधिकार पुर्याउने योजनाका साथ संविधानले स्थानीय, प्रदेश र संघ सरकारको व्यवस्था पनि गरेको छ । संविधानले व्यबस्था गरे अनुसार नेपालमा तीनै तहको सरकार बनिसकेका छन् ।
नेपाल औपचारिक रुपमा प्रदेशमा गइसकेपछि अब विकास निर्माणका काम देखि स्थानीय स्रोत साधन प्रयोगको अधिकार पनि त्यही निकायलाई नै हुनेछ । सरकारले नेपालका सातवटा प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ ।
जसअनुसार प्रदेश नम्बर १ को राजधानी बिराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढी तोकेको छ । अस्थायी मुकामसँगै हरेक प्रदेशले अबको पाँच वर्षका लागि मुख्यमन्त्री पनि पाइसकेका छन् ।
जसअनुसार प्रदेश नम्बर १ मा शेरधन राई, २ मा लालबाबु राउत, ३ मा डोरमणि पौडेल, ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा शंकर पोखरेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका छन् ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु