global ime bank Long Banner Ad

गृहपृष्ठ लागत बढेर ६० अर्ब पुग्यो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको

लागत बढेर ६० अर्ब पुग्यो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको

लागत बढेर ६० अर्ब पुग्यो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको

काठमाडौं । ४५६ मेगावाट क्षमताको निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेर ६० अर्ब पुग्ने भएको छ । भूकम्प, नाकावन्दी र अमेरिकी डलर महंगिएपछि लागत बढेर ६० अर्ब रुपैयाँ पुग्ने भएको हो । ब्याज (आईडीसी) पुँजीकरण गर्दा पनि आयोजनाको लागत बढने भएको हो ।

निर्माणका लागि कर्मचारी संचय कोषबाट कर्जा लिएको छ । ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमानित लागत निर्धारण गरेर आयोजनाको निर्माण सुरु भएको हो । त्यसबेला आईडीसी समेत गरी ४१ अर्ब ६७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको थियो ।

भूकम्प, नाकावन्दी र ब्याज पुँजीकरणसमेत गरी आयोजनाको लागत ६० अर्ब रुपैयाँ पुग्ने अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले बताए ।

भूकम्प र नाकावन्दीले गर्दा आयोजनाको काम झण्डै डेढ वर्ष प्रभावित भएको थियो । यस्तै १ डलर बराबर ८० रुपैयाँ विनिमय हु“दा आयोजना निर्माण सुरु भएकोमा पछिल्लो समयमा बढेर ११० रुपैयाँसम्म पुगेको थियो । अहिले पनि १०४ रुपैयाँको हारहारीमा छ । हालसम्म आयोजनामा ३६ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

मंसिरदेखि माथिल्लो तामाकोसीबाट बिजुली बाल्न पाइने

आगामी मंसिरदेखि माथिल्लो तामाकोसीको बिजुली बाल्न पाइने भएको छ । आयोजनाको ९४ प्रतिशत काम सम्पन्न भैसकेको छ । तामाकोसीको काम सकिन अब ६ प्रतिशत मात्र बाँकी छ । आयोजनाको काम अब अन्तिम चरणमा पुगेको छ । ६ प्रतिशत मात्र काम बाँकी भएपनि आयोजनाबाट आउदो मंसिर अन्तिमसम्ममा मात्र बिजुली उत्पादन गर्ने नयाँ कार्ययोजना तयार पारेको हो ।

आगामी डिसेम्बर १८ सम्म पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुने कार्यतालिका तय भएको तामाकोसीका प्रवत्ता गणेश न्यौपानेले बताए । आउदो असार अन्तिमसम्म आयोजनाको ५ मध्ये १ युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो । मंसिरसम्म आयोजनाको सबै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा विभिन्न कारणले प्रभावित भएको छ । ०७५ सालभित्र माथिल्लो तामाकोसीको काम सम्पन्न हुने देखिएको छ ।

हाल मुहान, बाँध, सुरुङ, प्रसारणलाइन र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल गरी ४ वटै लटको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए । हाइड्रोमेकानिकलको कामले पनि अहिले गति लिएको छ ।

प्रसारणलाइनअन्र्तगत ४ वटा टावरको संरचना निर्माण गर्न बाँकी रहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युतगृह गौंगरबाट २२० केभी क्षमताको प्रसारणलाइनबाट न्युखिम्ती जोडिने छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ ।

 

प्रकाशित समय : २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु