global ime bank Long Banner Ad

गृहपृष्ठ माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न, २०७५ वैशाख अन्तिमसम्म सकिने

माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न, २०७५ वैशाख अन्तिमसम्म सकिने

माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न, २०७५ वैशाख अन्तिमसम्म सकिने

चौतारा । निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ ।
तीन वर्षभित्र पु्रा गर्ने लक्ष्य लिई २०६८ मा शुरु गरेका थिए । २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले आयोजना सम्पन्न हुन ढिला हुन गएको हो ।
शिवश्री हाइड्रोपावरद्वारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको आयोजना २०७५ वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताए ।

कुल लागत तीन अर्ब रहेका लागत वृद्धि भई अब प्रति मेगावाट रु १८ करोडले झण्डै चार अर्ब पुगेको छ । साविक फुल्पिङकट्टी गाविसको हाल भोटेकोशी गाउँपालिका अन्तर्गत चन्द्रापुमा बाँधबाँधी ३.३ किमी सुरुङमार्गद्वारा मार्मिङको याङ्लेफाँटमा निर्मित विद्युत्गृहमा पानी खसालिनेछ । आयोजनास्थलदेखि लामोसाँघुस्थित सव स्टेशनसम्मको २२ किमी प्रशारण लाइनद्वारा केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । हालसम्म विद्युत् गृहमा मेसिन तथा प्रशारण लाइनको तार जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । उक्त कम्पनीले जिल्लाको अपर बलेफी आयोजनाको निर्माण कार्यलाईसमेत तीव्रता दिएको छ । रु ६ अर्बको लगानीमा ३६ मेगावाटको विद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको कार्यकारी निर्देशक कसजूले बताए ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु