गृहपृष्ठ प्रदेश प्रमुखले आज सम्बोधन गर्दैः प्रदेश ३ काे नीति तथा कार्यक्रम अाउने
प्रदेश प्रमुखले आज सम्बोधन गर्दैः प्रदेश ३ काे नीति तथा कार्यक्रम अाउने
हेटौँडा- प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छन् ।
नेपालको संविधानको १८४ धाराको उपधारा २ बमोजिम प्रदेश सरकारको आगामी आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रमलाई प्रदेश मन्त्रिपरिषद्ले विहिबार नै पारित गरेको मन्त्रिपरिषद्को कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताए । प्रदेशको आगामी वर्षको बजेट १ असारमा प्रस्तुत हुनेछ ।
आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरेर आगामी वर्षको कार्यक्रम पारित गरिनेछ ।
प्रकाशित समय : १३:१५ बजे


















