global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ टीकापुरमा अनौठो बच्चाको जन्म, चार हात, चार खुट्टा

टीकापुरमा अनौठो बच्चाको जन्म, चार हात, चार खुट्टा

टीकापुरमा अनौठो बच्चाको जन्म, चार हात, चार खुट्टा

कैलालीको टीकापुर अस्पतालमा अनौठो शिशुको जन्म भएको छ । जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले राति ११ बजेतिर शिशु जन्मिएको बताए।

शिशु जिवितै रहेको अस्पतालले जनाएको छ । परिवारका अनुसार आमालाई सोमबार दिउँसो ३ बजे व्यथा लागेको थियो । उनलाई राति १० बजे मात्रै अस्पताल पु-याईएको थियो ।

अस्पताल पु-याएको केही समयमा नर्मल डेलिभरी भएको डा. खनालले जानकारी दिए । यो उनको पहिलो सन्तान हो ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु