global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ संसद बैठक पुन: सुरु

संसद बैठक पुन: सुरु

संसद बैठक पुन: सुरु

विभागीय मन्त्रीको अनुपस्थितिका कारण स्थगित भएको संघीय संसदको बैठक पुनः सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा संसदमा उपस्थित भएपछि बैठक सुरु भएको हो ।
संघीय संसदको दोस्रो अधिवेशन अन्तर्गत आज विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो । जस अनुसार ‘विनियोजन विधेयक, २०७५’ को विभिन्न शीर्षकहरुमाथि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।
सोही अनुसार ११ बजे बस्ने भनिएको संसद बैठक संबन्धित मन्त्रालयका मन्त्रीको अनुपस्थिति भएको भन्दै अबरोध भएपछि स्थगित भएको थियो । त्यसको केही समयपश्चात मन्त्रीद्वय पण्डित र थापा उपस्थित भएपछि संसद बैठक पुनः सुरु भएको हो ।

यो पनि पढ्नुहोस्

मन्त्रीकाे अनुपस्थितिले संसद बैठक स्थगित

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु