global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मन्त्रीकाे अनुपस्थितिले संसद बैठक स्थगित

मन्त्रीकाे अनुपस्थितिले संसद बैठक स्थगित

मन्त्रीकाे अनुपस्थितिले संसद बैठक स्थगित

संघीय संसदका दुवै सदनको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । विनियाेजन विधेयकमाथिकाे छलफलका क्रममा विभागीय मन्त्री नै अनुपस्थित भएकाे भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बैठक स्थगित गर्न माग गरेका थिए ।

त्यस लगत्तै नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो । सांसद सिंहले सम्बन्धित मन्त्रालयका मन्त्रीको अनुपस्थिति भएको भन्दै विरोध प्रकट गरेका थिए ।
संघीय संसदको दोस्रो अधिवेशन अन्तर्गत आज विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो । जस अनुसार ‘विनियोजन विधेयक, २०७५’ को विभिन्न शीर्षकहरुमाथि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु