global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मेक्सिकोले रोक्ला जर्मनीको रफ्तार ?

मेक्सिकोले रोक्ला जर्मनीको रफ्तार ?

मेक्सिकोले रोक्ला जर्मनीको रफ्तार ?

रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत चौथो दिनको खेलमा जर्मनीको सामना मेक्सिकोले गर्दैछ । आइतबार बेलुकी पौने नौ बजे हुने खेलमा  विश्वविजेताले उत्तर अमेरिकी राष्ट्र मेक्सिकोको चुनौतिलाई जवाफ दिनेछ । डिफेन्डिङ च्याम्पियन जर्मनी सन् २०१४ को सुखद इतिहास दोहोर्याउँदै यसपटक पनि ‘वल्र्डकप ट्रफी’ भित्र्याउन चाहान्छ । त्यसैले उसका लागि आज हुने समूह चरणको खेल पनि महत्वपूर्ण छ ।

चार पटक विश्वकप ट्रफी उचालीसकेको डिफेन्डिङ् च्याम्पियन जर्मनीले क्वालिफाइंगका सबै दश खेल जितेर आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । यद्यपी अहिले उसको ‘फर्म’ (लय) लाई लिएर विभिन्न टिप्पणीहरु समेत भएका छन् । किनकी आफ्ना पछिल्ला ६ अन्तर्राष्ट्रिय म्याचमा एक मात्र जित हात पारेको तथा साउदी अरबसँग बराबरी गरेको जर्मनीलाई मेक्सिकोको चुनौति कम नहुन पनि सक्छ ।

प्रशिक्षक जोएचिम लोवको ‘टिम जर्मनी’ले कन्फेडेरेसन कपमा मेक्सिकोलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । तर, आफ्नो रफ्तार बढाउन सकेमा जर्मनीलाई रोक्ने सम्भावना पनि रहन्छ । जर्मनीको रणनीति मेक्सिकोले मैदानमा बुझ्न सफल भएमा परिस्थिति फेरिन पनि सक्छ ।

जर्मनी र मेक्सिकोबीचमा हालसम्म भएका ११ प्रतिश्पर्धामा जर्मनीले ६ खेल जितेको छ भने मेक्सीकोको पोल्टामा एक खेल परेको छ । अन्य ४ खेल भने बराबरीमा टुंगिएका छन् ।

यस्तो छ जर्मनी

फिफा बरियतामा जर्मनी १ नम्बरमा छ । सन् १९३४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाएको जर्मनीले ४ पटक विश्वकप ट्रफी उचालीसकेको छ । त्यसैगरी ८ पटक फाइनल, १३ पटक सेमिफाइनल र १८ पटक पहिलो चरणमा परेको इहिहास जर्मनीसँग छ । जोचिम लोको प्रशिक्षणमा रहेको टिम जर्मनीमा थोमस मुलर, टोनी क्रुस, म्यानुयल नेउर, जुलियन ब्रान्ड, समी खेडिरा, मारियो गोमेज मार्काे रियसलगायतका खेलाडी छन् ।

कम छैन मेक्सिको

फिफा बरियतामा १५ नम्बरमा रहेको मेक्सिकोले सन् १९३० मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । सन् १९७० र १९८६ मा क्वाटरफाइनल प्रवेश गरेको यो राष्ट्रले १५ पटक पहिलो चरणको अनुभव सँगालेको छ । जुआन कार्लाेस ओसोरियोको प्रशिक्षणमा रहेको मेक्सिको जावियर हर्नान्डेज, गुइलेर्माे ओखोआ, राउल जिमिनिज, हारभिङ लोजानो, जोनाथन डोस सान्तोषलगायतका खेलाडीको साथमा प्रतिश्पर्धा गर्दैछ ।

प्रकाशित समय : १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु