गृहपृष्ठ नेपाली बजारमा ‘वानप्लस ६’
नेपाली बजारमा ‘वानप्लस ६’
काठमाडौं– वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागसिप स्मार्टफोनमध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’ सार्वजनिक गरेको छ । वानप्लसले ‘वानप्लस ६’ लाई २ मोडलमा ६४ जीबी र २५६ जीबी बजारमा ल्याएको हो ।
‘वानप्लस ६’ लाई कम्पनीको हालसम्मकै उत्कृष्ट प्रडक्ट भएको बताएको छ । यसमा प्रयोग भएको मुख्य हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट कम्बिनेसनले ‘वानप्लस ६’ लाई वान प्लस फ्यामेलीको उत्कृष्ट फोन बनाएको कम्पनीको दाबी छ । उच्च रिजोलुसन, १९ः९ नोचटच डिस्प्ले, कम उज्यालोमा उत्कृष्ट फोटो खिच्ने क्यामेरा र न्युमोरस नयाँ सफ्टवेयर फिचरले यो फोनलाई निकै उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ ।
‘वानप्लस ६’ खरिद गर्ने एनसेलका ग्राहकले हरेक हप्ता १००० एमबी प्रोमोसनल डाटा प्याक प्रत्येक १२ हप्तासम्म प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । साथै, वानप्लस ६ फोन खरिद गर्न चाहने ग्राहकले नेपालभर फाइनान्स सुविधासमेत पाउनेछन् ।
हाइरेजुलेसन ड्युल क्यामेरा जडान भएको यो फोनमा ड्यास चार्ज वानप्लसको आफ्नै चार्जिङ टेक्नोलोजिमा तयार पारिएको हो । क्वालकम स्न्यापड्रागन ८४५ प्लेटफर्ममा आधारित यो फोनमा ६ र ८ जीबी ¥याम छ ।
वानप्लस ६४ जीबीको बजार मूल्य ७०,९९९ छ भने १२८ जीबीको मूल्य ९१,००० रुपैयाँ छ ।
प्रकाशित समय : १९:०७ बजे


















