गृहपृष्ठ एक रुपैयाँमा वर्ल्डकप जर्सी !
एक रुपैयाँमा वर्ल्डकप जर्सी !
काठमाडाैं- विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाईं आफूलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप Reecharger ले १ रुपैयाँमै त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्रान्ड प्रवर्धनका साथै नेपाली फुटबलप्रेमीलाई ९९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर Reecharger ले ल्याएको हो ।
विश्वकप फुटबल सुरु हुन दुई साता बाँकी हुँदा Reecharger ले ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । यो अफर जुन ३ तारिख दिउँसो १२ बजेबाट सुरु भएको छ । यो अफर Reecharger को वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट Reecharger डाउनलोड गरी एकाउन्ट खोलेपछि प्रयोगकर्ताले १०० रुपैयाँ क्यास ब्याक पाउनेछन् । त्यसपछि जतिको मोबाइल रिचार्ज गरिन्छ, त्यत्ति नै क्यास ब्याक प्राप्त हुनेछ । यसरी प्राप्त हुने क्यास ब्याकलाई Reecharger बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।
ग्राहकले ५०० रुपैयाँ क्यास ब्याक सदुपयोग गरी १ रुपैयाँमात्र भुक्तान गर्दा ९९९ रुपैयाँको जर्सी पाउने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।
रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा११ वटा बैंकको ई बैंकिङ, इसेवा, आईएमई पेलगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेबिट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १९:२२ बजे


















